बिहारमा कोरोनाको दोस्रो लहर, प्रदेश २ का सर्वसाधारण पनि त्रसित

राजविराज । भारतको बिहारमा एकै दिन झण्डै ५ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधवार बिहारमा ४ हजार ७८६ जनामा संक्रमण देखिएको हो ।

बिहारमा दैनिक संक्रमणका आधारमा यो अहिलेसम्मकै उच्च संक्रमण रहेको जनाएको छ । पछिल्लो एक सातामा २२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

बिहारमा हालसम्म २ लाख ९५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बिहारका पनि पटना, गया, भागलपुर, मुजफ्फरपुरलगायत जिल्लामा संक्रमण बढी फैलिएको बताइएको छ । उता, युपीमा पनि एकै दिन २० हजार ५ सय १० जनामा संक्रमण देखिएको छ ।

दैनिक संक्रमित संख्याका आधारमा त्यहाँको अहिलेसम्मकै संक्रमण उच्च रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यससँगै यूपीमा कुल संक्रमित संख्या ७ लाख ४४ हजार २१ पुगेको छ । विहार र युपी रज्यमा संक्रमण दर बढ्दै गर्दा नेपालतर्फ प्रदेश २ मा त्रास बढेको छ ।

यस प्रदेशका ८ वटै जिल्ला खुला सिमानासँग जोडिएकाले प्रदेशमा संक्रमणको त्रास बढेको हो । संक्रमणको कहर फैलिरहेको बेला पनि निर्वाद रुपमा आवतजावत भइरहेकाले स्थानीय त्रसित हुन पेगेको सप्तरीको बलान विहुल गाउँपालिकाका सुर्यनारायण यादवले बताए ।

उनले यसतर्फ ध्यान पुर्याउन सरोकारबालासँग आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस