कोरोना कहरः दिल्लीमा विकेन्ड कर्फ्यू

जनकपुरधाम, २ वैशाख । भारतको नयाँ दिल्लीमा ‘विकेण्ड कर्फ्यू’ लगाइएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेण्ड कर्फ्यू लगाउने घोषणा गरेका छन् ।

शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म विकेन्ड कर्फ्यू लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको संख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री केजरीवालले यो निर्णय लिएका हुन् ।

नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ लाख ६७ हजार पुगेको छ । यसैगरी बुधवारै संक्रमणबाट थप १०४ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको संख्या ११ हजार ५४० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस