२४ घण्टामा ४९० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

जनकपुरधाम, २ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप ४९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको आरटीपीसीमार परीक्षण गरिएको थियो । जसमा ४९० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको पुगेको छ । यसैगरी २४ घण्टामा १५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको जनाएको छ । हाल ४ हजार ३८४ जना आइसोलेशनमा छन् भने ६० जना क्वारेन्टिनमा रहेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस