कोरोनाः प्रदेश २ का दुईसहित १४ जिल्ला अतिप्रभावित घोषणा

जनकपुरधाम, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ का दुईसहित १४ वटा जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अतिप्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ ।

प्रदेश २ बारा र पर्सासहित मोरङ, काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, भक्तपुर, कैलाली, सुर्खेत, बाग्लुङमा कोरोना संक्रमण नियन्त्रणमा संवेदनशील बन्न सरकारले आग्रह गरेको हो ।

सो क्षेत्रमा भीडभाड नगर्न एवं मानिसहरू धेरै जम्मा हुने स्थान विद्यालय, रात्री व्यवसाय, सात बजेपछि सवै रेष्टुरेन्ट तथा क्लवहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा एवं जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिल मल, पार्टी प्यालेस, स्विमंग पुल आदी स्थलहरुमा नजान आग्रह गरेको छ ।

मन्त्रालयले कडाईका साथ जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन सवैमा अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780