सप्तरीमा विद्युत सर्ट भएर आगलागी, छ लाख खरानी

राजविराज, २ वैशाख । सप्तरीको बलान विहुल गाउँपालिका–१ कमलदाहामा आज दिउँसो आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय खमिर लाल यादवको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीमा यादवको घरमा रहेको डिजेसहितका उपकरणहरु जलेको छ भने १५ हजार नगद, खाद्यान्न, लत्ताकपडासहितका सरसमान जलेर करिब छ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको स्थानीयले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस