प्रदेश २ मा मधेशी शहिद प्रतिष्ठान गठन गर्ने निर्णय

राजविराज, २ वैशाख । प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो ।

अधिकार प्राप्तिका लागि विभिन्न चरणमा भएको आन्दोलनमा परेर शहिद, घाइते तथा अपाङ्गता भएका परिवारको सामाजिक सुरक्षाको प्रबन्ध र व्यवस्थापन गर्न प्रतिष्ठान गर्न लागेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानले नै शहिद, घाइते र अपाङ्गता भएका परिवारकोलागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता सम्बन्धी कार्ययोजना तयार गर्नेछ भने ती कार्ययोजनालाई कार्यान्वयन गराउने, शहीद पार्क निर्माणकोलागि स्थानको छनौट गर्नेछ ।

यसैगरी प्रतिष्ठानले पीडित लक्षित रोजगार र सिपमुलक कार्यक्रमहरु ल्याउने मन्त्री साहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस