भारतमा दैनिक कोरोनाको नयाँ रेकर्डः २४ घण्टामा २ लाख १६ हजारबढीमा संक्रमण

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ लाख १६ हजारबढीमा कोरोना भाइरस संक्रमण फेला परेको छ । वल्र्डोमिटर्सको तथ्यांक अनसार भारतमा संक्रमणको दर बढ्दो देखिएको छ ।

अघिल्लो २४ घण्टामा १ लाख ९९ हजार ५६९ जनामा संक्रमण फेला परेकोमा पछिल्लो २४ घण्टामा २ लाख २ लाख १६ हजार ८५० जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ । यसैगरी भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । यसैैगरी अहिलेसम्म एक लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस