राजविराज । नेपाली बजारमा सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको हो ।
बुधवार प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ ।
चाँदीको मूल्य भने गत मंगलबारकै मूल्य कायम हुँदै प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।