कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारका पाँच जनामा कोरोना

राजविराज । सप्तरीमा कोरोना लागेर मृत्यु भएको परिवारको स्वाब परीक्षण गर्दा पाँच जनामा कोरोना पोजेटिभ आएको छ ।
स्वास्थ्य कार्यालयको टोलीले शुक्रवार स्वाब संकलन गरी परीक्षणकालागि राजविराज स्थित कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार मृतक परिवारका पाँच जनामा कोरोना पाजेटिभ पाईएको छ । गत विहीबार राती धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका राजविराज नगरपालिका वडा नम्वर ६ का ७३ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पाईएको थियो ।

उनका अनुसार मृतकको पसलमा काम गर्ने दुई जनामध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । सप्तरीमा कोरोना पोजेटिभको संख्या ३ सय ७७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780