सप्तरीमा एकैदिन २० जनामा काेराेना संक्रमण पुष्टि

राजविराज । सप्तरीमा आइतवार मात्रै २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक राजविराज नगरपालिकामा ३ गरि १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख दुनीयालाल यादवका अनुसार राजविराज नगरपालिका वडा नं.२ का १/१ जना महिला र पुरुष र वडा नं. ८ का २० वर्षीय पुरुषमा संक्रमण फेला परेको हाे ।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ की एक महिला तथा वडा नं. १२ का २६ र २७ वर्षीय पुरुष, राजगढ गाउँपालिकाका २५, २५, २५, ३०, २० र २८ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिकाका २५ वर्षीय १ पुरुषमा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

यसअघि आइतवारै अन्य ७ जनामा संक्रमण पुष्टि थियो । याेसँगै सप्तरीमा संक्रमितको संख्या ४ सय ४७ जना पुगेको छ भने ३०७ जना निकाे भएर घर फर्किएको प्रमुख यादवले मधेश लाइभलाई जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस