प्रदेश १ र २ मा भारी वर्षा हुने सम्भावना

राजविराज, ११ साउन । नेपालमा पुन: साेमबारबाट मनसुन सक्रिय हुने भएको छ । आगामी शुक्रबारसम्म मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक रहने भएकाले धेरै जसाे स्थानमा हल्कादेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागद्वारा जारी सुचनाअनुसार प्रदेश नं.५, गण्डकी, कर्णाली, सुदुरपश्चिम र वाग्मती प्रदेशका केही स्थानहरुमा हल्का वर्षाकाे सम्भावना रहेको छ भने प्रदेश १ र २ का धेरै स्थानहरुमा भारी वर्षा भई बाढी र पहिराेकाे जाेखिम रहेको जनाएको छ ।

यसकासाथै देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले तराई र चुरे क्षेत्रका हाेचा डुवान भईरहने क्षेत्रमा बसाेवास रहेको सर्वसाधारणलाई सतर्क र सचत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सुचना हेर्नुहाेस्:

Author:



क्याटोगरी छान्‍नुहोस