काेराेना : विश्वभर ६ लाख ४० हजारबढीले ज्यान गुमाए

राजविराज। कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार नाघेको छ । संक्रमणले विश्वभर हालसम्म ६ लाख ४० हजार १६ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनकाे तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी अमेरिका र दोस्रोमा ब्राजिलमा काेराेना संक्रमण देखिएको छ । चीनकाे वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एकैदिनमा ४ हजार ८२३ जनाले ज्यान गुमाए

विश्वभर संक्रमणका कारण अाइतवार मात्रै ४ हजार ८२३ जनाले ज्यान गुमाएका छन । यद्यपि, याे शनिवारको तुलनामा केही कम रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार शनिबार ६ हजार २७० जनाले संक्रमितबाट ज्यान गुमाएका थिए । शुक्रबार भने ९ हजार ७५३ जनाले संक्रमितबाट ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनकाे तथ्यांकले देखाउँछ ।

Author:



क्याटोगरी छान्‍नुहोस