पूर्वाञ्चल युनिभर्सिटीका परीक्षाहरु स्थगन

राजविराज, १३ साउन । पूर्वाञ्चल युनिभर्सिटीले आगामी भदौको पहिलो सातादेखि हुने भनिएको परीक्षाहरु स्थगन गरेको छ ।
विश्व विद्यालय परीक्षा व्यवस्थापन कार्यालयबाट प्रकाशित सूचना अनुसार विश्व विद्यालयद्वारा स्थगित गरिएका पूर्व निर्धारित परीक्षाहरु नेपाल सरकारले तोकेको भौतिक दूरी र स्वास्थ्य सम्वन्धी निर्देशिका पालना गर्दै भदौ महिनाको पहिलो सातादेखि सम्वन्धित कलेजहरुमा नै परीक्षा केन्द्र कायम हुने गरी सूचना प्रकाशित गरिएको थियो । पछिल्लो केही दिनमा कोरोना संक्रमणको कारणले कतिपय जिल्लाहरुमा निषेधाज्ञा समेत जारी गरेको हुँदा त्यसलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरु प्रकाशित गरिने परीक्षा नियन्त्रक प्रा. डा. सूर्य प्रसाद संग्रौलाद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780