सरकारी अस्पतालका प्रमुखहरुले निजी अस्पतालमा अभ्यास गर्न नपाउने

Portrait an unknown male doctor holding a stethoscope behind

राजविराज, १३ साउन । सरकारी अस्पतालका प्रमुखहरुले अबदेखि निजी अस्पतालमा अभ्यास गर्न नपाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था लागु गरेको हो ।

आर्थिक वर्ष ०७७–७८ को वार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था सुरु गरिनेछ’ उल्लेखित बुँदाअनुसार यो व्यवस्था लागु गरिएको जनाएको छ । यसअघि भने अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका कतिपय चिकित्सकहरुले निजी अस्पतालमा प्राक्टिस गर्दै आएका थिए ।

त्यसको लागि स्वास्थ्य मन्त्रालयसँग पूर्वस्विकृती लिनुपर्दथ्यो । मन्त्रालयले सो पूर्वस्वीकृतिसमेत खारेज गर्ने निर्णय मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ९ साउनमा मन्त्रिस्तरीय निर्णय गर्दै संघ अन्तर्गतका सबै, प्रदेश अन्तर्गतका सबै र स्थानीय तह सबैलाई सोअनुसार गर्न–गराउन परिपत्र गराएका छन् । अस्पतालहरुमा पत्र १२ गते गएको हो ।

अहिले धेरै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्ने चिकित्सकको नामसँगै सरकारी अस्पतालको नाम समेत उल्लेख गरिने गरिएको छ । मन्त्रालयको पछिल्लो निर्णयसँगै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गरेका सरकारी चिकित्सकहरुले आफू कार्यरत सरकारी अस्पतालका नाम उल्लेख गर्न समेत पाउने छैनन् ।

यस्तै ९ साउनकै बैठकले सबै सरकारी अस्पताल र सरकारको अनुदान प्राप्त अन्यहरुले सरकारी कार्यक्रमहरु अनिवार्य रुपमा सञ्चालनमा ल्याउन पर्ने निर्णय गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780