सव-डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुखसहित ६ जना कर्मचारी पक्राउ

राजविराज । घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) सहित ६ जनालाई नियन्त्रण लिएको छ ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको भन्दै परेको निवेदनको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरुले नियन्त्रणमा लिएको हो ।

सहायक वन अधिकृत शिवनारायण यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरु विरुद्ध मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमामा दाखिला भएकोले थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780