कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँ मृत भेटिए

जनकपुरधाम । तीन दिनदेखि बेपत्ता रहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन ।

पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो खोलामा भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । बानियाँको परिवारलाई तस्बिर देखाएर शवको सनाखत गरिएको एसएपसी थापाले बताए ।

उनी गत सोमवारबाट परिवार र कार्यालयबाट सम्पर्कविहीन थिए । दुई दिनसम्म घर नफकिएपछि परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं तथा अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा खोजीका लागि निवेदन दिएका थिए ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा बानियाँको खोजी थालेको थियो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा आबद्ध बानियाँ सुशासन र भष्ट्राचारका विषयमा कलम चलाँउथे ।

Author:



क्याटोगरी छान्‍नुहोस