पर्सा र बारामा अस्पतालका कर्मचारीसहित थप ४७ जनामा कोरोना पुष्टि

जनकपुरधाम । पर्सा र बारामा थप ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका डा. निरज सिंहका अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष तथा १० जना महिला रहेका छन् । शनिवार राति प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको डा. सिंहले जानकारी दिए ।

यसैगरी, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १–१ जनामा पनि कोरोना संक्रमण देखिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस