विराटनगरकी ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु

विराटनगर, ३२ साउन । कोरोना भाइरस संक्रमणका कारण विराटनगर महानगरपालिका–२ की एक महिलाको आइतवार विहान मृत्यु भएको छ । ५० वर्षीया महिलाको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ४–५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठानमा रिफर गरेको थियो । गत राति १० बजे उनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा.सापकोटाले बताए ।

डा.सापकोटाका अनुसार मृतक महिलामा फोक्सो, मुटुु र थाइरोइडको पनि समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन कार्य भइरहेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस