प्रदेश १ मा कोरोनाबाट ४७ जनाको मृत्यु

२०७७ भदौ २८
विराटनगर । विराटनगरमा हालसम्म कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार साउन ६ गतेदेखि यता प्रदेशभर कोरानाबाट ४७ को मृत्यु भएको हो ।

विराटनगर–८ का पुरुषको शनिवार कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो । मन्त्रालयमा अनुसार विराटनगरसहित मोरङमा २७ जनाको मृत्यु भएको छ । जसमा बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १ जना, सुन्दरहरैचाका १ जना, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना छन् ।

त्यसबाहेक सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ । प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो । प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमण देखिएकोमा विराटनगरका मात्र ४६ छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस