कोरोना त्रासले रुपनी गाउँपालिकाको कामकाज एक साताकालागि बन्द

राजविराज, २५ असोज । सप्तरीको रुपनी गाउँपालिका कार्यालयका तीन कर्मचारीसहित अन्य ११ जना कोरोना सङ्क्रमित भएपछि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु एक साताकालागि बन्द गरिएको छ ।

पछिल्लो पटक कार्यालयका तीन कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएसँगै आइतवारैदेखि लागु हुने गरी कार्यालयको सम्पूर्ण कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दिएको जानकारी अनुसार कार्यालय सहयोगी दुई जना र अपरेटर सहायक १ जनामा आइतवार कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी, जनप्रतिनीधिकासाथै उनीहरुसँग जोडिएका व्यक्तिहरुमा सम्भावित संक्रमणको जोखिम रहेकोले परीक्षण गराउनुपर्ने भएकोले बाध्यतावश कामकाज ठप्प गरिएको छ । कार्यालयको कामकाज ठप्प रहे पनि अति आवश्यक काम भने प्रभावित नगर्न आफुहरु सचेत रहेको गापा अध्यक्ष यादवले बताए ।

यस अघि वडा नम्वर ४ का वडा अध्यक्षमा संक्रमण देखिएको थियो । वडा अध्यक्षकी छोरी, वडा नम्वर १ सदस्य, गाउँपालिकाका आइटी इन्जिनियरका भाउजु, तीन दिन अघि मृत्युु भएक तेह्रथुममा कार्यरत रहेका गाउँपालिका वडा नम्वर १ का सब इन्जिनियरकी पत्नीमा कोरोना संक्रमण पाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस