नेपालविरुद्ध अभिताभ बच्चनको आपत्तिजनक हर्कत !

जनकपुरधाम । बलिउडका चर्चित अभिनेता अभिताभ बच्चनले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै आपत्तिजनक प्रश्न सोधेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’मा उनले नेपालको सार्वभौमसत्तामा खुलेआम हस्तक्षेप गर्दै आपत्तिजनक प्रश्न सोधेका हुन् ।

सो कार्यक्रममा उनले सोधेका छन् ‘किस देश कि संसद ने २०२० मे अपने देश के एक नयाँ नक्शा स्वीकृत किया, जिसमे भारतका लिपुलेक, कालापानी और लिम्पियाधुरा जगहों को भी शामिल किया गया था ?’ प्रश्नको चार जवाफमध्ये भुटान, नेपाल, म्यानमार र चीन दिइएको छ ।

यो प्रश्न आएपछि अहिले विश्वभरीका नेपाली र नेपालीभाषीहरुले उनको खुलेरै विरोध गरिरहेका छन् । सरकारको इसारमा यो कार्यक्रममा यस्तो बदमासी गरेको आरोप लगाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस