चौबीस घण्टामा कोरोनाबाट २२ जनाको मृत्यु, थपियो २ हजार ७१ संक्रमित

काठमाण्डौ, २५ असोज । पछिल्लो २४ घण्टामा देशैभरिमा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने दुई हजार ७१ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको अनुसार मृत्यु हुनेमा १७ जना पुरुष र ५ जना महिला छन् । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको छ । संक्रमित हुनेहरुमध्ये ०.५९ प्रतिशतको मृत्यु भएको छ ।

उपत्यकामा मात्रै १ हजार १ सय ४५ कोरोना संक्रमित भएका छन् । भक्तपुरमा १ सय १० जना र ललितपुरमा १ सय ६१ जना संक्रमित भएका छन् । देशैभरिका प्रयोगशालामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस