सप्तरीमा लागूऔषधसहित तीन युवक पक्राउ

राजविराज, २५ असोेज । सप्तरीमा तीन जना युवक लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका २ मौहवाका २७ वर्षीय सुवास यादव र २२ वर्षीय सनोजकुमार यादव तथा राजविराज नगरपालिका २ का १८ वर्षीय रामकुमार यादव छन् ।

उनीहरुलाई शनिवार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको टोलीले छिन्नमस्ता गाउँपालिका ३ बाट पक्राउ गरेको हो । स ५ प ८७३४ र स ११ प ४५४३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै क्रममा चेक जाँच गर्दा उनीहरुको साथमा लागुऔषध फेला परेको छ ।

उनीहरुको साथबाट डाईलेक्स डिसी ४ बोतल, नाईट्रोभेट ट्याब्लेट १५ वटा, ओकहार्ट ट्याब्लेट ४ वटा र १० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धानकोलागि ईलाका प्रहरी कार्यालय सखडामा बुझाईएको जनाएको छ ।

प्रतिकात्मक तस्विर ।

Author:



क्याटोगरी छान्‍नुहोस