सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको मृत्यु

राजविराज, २७ असोज । सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको मृत्यु भएको छ । उपचारको क्रममा उनको चितवनस्थित भरतपुर अस्पतालमा सोमवार मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का संक्रमित वडा सदस्य ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

क्यान्सरले ग्रसित रहेका वडा सदस्यको उपचारको क्रममा मृत्यु भएको उनले बताए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

१० जना संक्रमित थपिए

सप्तरीमा मंगलवार एक नेपाली सेनासहित थप १० जनामा कोरोना पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमितको संख्या १४ सय ५३ पुगेको छ । जसमा ११ सय २९ डिस्चार्ज भएका छन् ।

तीन सय ४ सक्रिय संंक्रमित रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । पछिल्लो मंगलवार राजविराज नगरपालिका, भिमदल गण, डाकनेक्वरी नगरपालिका, अग्निसाइकर कृष्णासवरण गाउँपालिकाका गरी १० जनामा संक्रमण फेला परेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस