प्रादेशिक दुग्ध विकास बोर्ड सम्वन्धी विधेयक पारित

जनकपुरधाम, २७ असोज । प्रदेश २ मा प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ प्रदेश सभा बैठकले मङ्लवार पारित गरेको छ ।

उक्त विधेयक पारित भएपछि प्रदेश २ मा दुध उत्पादनमा आत्मनिर्भर बनाउनुकासाथै त्यसको व्यवस्थापन एवम् प्रवद्र्धन गर्ने बाटो खुलेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एक जना स्वस्थ व्यक्तिलाई वर्षभरिमा ९१ लिटर दूध आवश्यक रहेकोमा प्रदेश २ मा प्रति व्यक्ति ६७ लिटर मात्र उपलब्धता रहेकोले उत्पादनमा वृद्धि गर्दै अभावलाई पूर्ती गर्न तथा दूध उत्पादनलाई थप व्यवसायमूलक बनाउन बोर्डले काम अगाडि बढाउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

उनका अनुसार हाल पनि प्रदेश २ मा अन्य प्रदेशको तुलनामा दूध उत्पादन अत्यधिक रहेको छ । दूध क्षेत्रमा उत्पादन, प्रशोधन, बजारिकरण, उपभोक्तालाई स्वच्छ उपलब्धता लगायतका विषयवस्तुमा काम गर्न विधेयक पारित भएपछि बाटो खुलेको उनले बताए ।

प्रदेश सरकारले पशुपालक किसानहरुकालागि यसैवर्षदेखि उत्पादन गरेको दूधमा प्रति लिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ । प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ ले प्रदेश २ का जनताकालागि आर्थिक समृद्धि समेत मदत मिल्ने मन्त्री साहको विश्वास छ ।

Author:



क्याटोगरी छान्‍नुहोस