जिल्ला प्रशासन कार्यालय सप्तरीमा थप छ वटा सेवाहरु स्थगित (सूचनासहित)

राजविराज, २८ असोज । सप्तरीमा बढ्दो कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको थप आधा दर्जन सेवाहरु स्थगित गरेको छ ।

बुधवार सूचना जारी गर्दै नगरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नविकरण, राहधानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको हो ।

यसअघि नयाँ नागरिकता वितरण कार्य स्थगित गरेको कार्यालयका नौ जना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको र ५ जना सक्रिय संक्रमित रहेकाले थप छ वटा सेवाहरु अनिश्चितकालिन स्थगित गरिएको कार्यालयले जनाएको छ ।

हाल नियमित सञ्चालनमा रहने सेवाहरु मात्रै प्रवाह हुने कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षा सम्वन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्वन्धी सेवा, मुद्दाको सुनुवाई सम्वन्धी सेवा र विपद् व्यवस्थापन सम्वन्धी सेवा प्रवाह भइरहेको छ ।

उक्त सेवाहरु लिन आउने सेवाग्राहीहरुलाई सरकारले तोकेको स्वास्थ्य सम्वन्धी मापदण्ड पुरा गरी आउन भनिएको छ भने कोरोनासँग मिल्दोजुल्दो लक्षण वा रुघाखोकी लागेका व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध गरिएको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोसः

Author:



क्याटोगरी छान्‍नुहोस