मन्त्रिपरिषद् पुनर्गठन: सञ्चारमा पार्वत गुरुङ, अर्थमन्त्रीमा विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ सहरी विकास

जनकपुरधाम । मन्त्रिपरिषद् पुनर्गठन विस्तार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ ।

यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठ र सहरी विकासमा कृष्ण गोपाल श्रेष्ठलाई ल्याइएको छ । सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ ।

यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन् । यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिः

Author:



क्याटोगरी छान्‍नुहोस