सप्तरीमा ४ कोरोना संक्रमित थपिदा संक्रमितको संख्या १४ सय ५६ पुग्यो

राजविराज, २८ असोज । सप्तरीमा बुधवार ४ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ सय ५६ जनना पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकाका ३ र राजगढ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल २ सय ८४ जना सक्रिय संक्रमित रहेको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले बताए । यसैगरी हालसम्म सप्तरीमा ११ सय ५१ डिस्चार्ज भएका छन् ।

कोरोनाबाट हालसम्म २१ जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस