नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज

जनकपुरधाम । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण विहिवार हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त भएका ३ जनाले ११ बजे शपथ ग्रहण गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले नेकपाका महासचिव समेत रहेका विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । यसैगरी महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस