सामाजिक सञ्जालमा गरिएको पोष्टमा प्रहरीको आँखा परेपछि …

जनकपुरधाम, २९ असोज । बागलुङको तमानखोला गाउँपालिका वडा नम्वर २ का एक बालकले अनायासै सामाजिक सञ्जालमा गरेको एक पोष्टले ११ जना पक्राउ परेका छन् ।

अभिभावककको मोबाइल फोन चलाएका बालकले सामाजिक सञ्जालमा बन्दुकको तस्बिर पोष्ट गरेका थिए । सो पोष्ट प्रहरीको आँखामा परेपछि ११ थान बन्दुकसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

‘सामाजिक सञ्जालमा तस्विर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी थाले, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वमा खटिएको प्रहरीले बन्दुकसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो’ उनले भने–‘उनीहरुको बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकिछिपी राखेको आशंक छ ।’

बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरुको मुचुल्का गर्ने कार्य सकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याइएको जननाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

Author:



क्याटोगरी छान्‍नुहोस