उदयपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु

विराटनगर, १५ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । वडा नम्वर २ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकीको करेन्टा लगेर मृत्यु भएको हो ।

जिल्लाका प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालका अनुसार मोटर सञ्चालन गर्ने क्रममा शुक्रवार साँझ बुढाथोकीलाई करेन्ट लागेको छ ।

करेन्ट लागेर बेहोस भएकी बुढाथोकीलाई उपचारकोलागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस