बोदे बरसाईनबाट फेरी लागुऔषधसहित दुई युवक पक्राउ

उमेशकुमार साह
बोदे बरसाईन, १५ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिकाबाट फेरी दुई जना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका टोलीले वडा नम्वर १० स्थित बोदे बरसाईन–विसनपुर सडक खण्डमा चेकजाँचको क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा नम्वर ३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डल छन् । शुक्रवार सवार स ११ प ८२५ नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार सियारामले बोकेको झोलाबाट लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए ।

उनका अनुसार झोलाबाट ८९४ थान नाईट्राभेट–१० ट्याब्लेट बरामद भएको हो । मोटरसाईकलसहित नियन्त्रणमा लिइएको उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पासवानले जानकारी दिए । यसअघि पनि बोदे बरसाईन नगरपालिका–१० खडकपुरका औषधी व्यवसायी ३७ वर्षीय रंजितकुमार यादवलाई लागुऔषधसहित पक्राउ गरिएको थियो ।

यो पनि :

औषधी व्यवसायी नै लागुऔषध कारोबारी !

Author:



क्याटोगरी छान्‍नुहोस