पछिल्लो २४ घण्टामा २५ सय ८ कोरोना संक्रमित थपिए, २२ सय ६२ डिस्चार्ज

जनकपुरधाम, १५ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा २ हजार २६४ जना कोरोनामुक्त भएका छन् ।

थपिएका संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । यसैगरी हालसम्म १ लाख ३१ हजार २२२ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस