२४ घण्टामा २८ सय २४ कोरोना संक्रमित थपिदा ३६ सय २० डिस्चार्ज

जनकपुरधाम, १६ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८२४ कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा ३ हजार ६२० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । त्यसैगरी हालसम्म एक लाख ३४ हजार ८४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस