खैरो हिरोईनसहित भारतीय नागरिक पक्राउ

विराटनगर, १६ कार्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ । दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलमलाई पक्राउ गरिएको छ ।

आलमलाई २६ ग्राम खैरो हिरोईनसहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

कालो प्लाष्टिकमा लुकाई छिपाई राखिएको सो खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ । आलममाथि प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस