सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर, १६ कार्तिक । सुनसरीको रामधुनीमा गए राति मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वडा नम्वर २ शिवनगरस्थित को २६ प ५६५१ नम्वरको मोटरसाइकलले को २ त ९८७६ नम्वरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलमा सवार २३ वर्षीय जीवन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस