विश्वमा ४ करोड ६८ लाख १० हजारबढी कोरोना संक्रमित

जनकपुरधाम, १७ कार्तिक । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६८ लाख १० हजार ३७५ पुगेको छ । वल्र्डोमिर्टस्का तथ्यांकअनुसार विश्वमा आजसम्म कोरोनाबाट १२ लाख ५ हजार २०६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी विश्वमा ३ करोड ३७ लाख ५४ हजार २३१ संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ ।

संक्रमितमध्ये ६० लाख ९७ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार चार सय ७१ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८२ लाख २९ हजार तीन सय २२ पुगेको छ । त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ६ सय ४२ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस