डाक्टर बन्न चाहन्थिन् नायिका मनिषा कोइराला

बलिउड अर्थात मुम्बई फिल्म सिटीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली कलाकार हुन् मनिषा कोइराला । हुन त बलिउडमा मनिसा बाहेक करिब एक दर्जन भन्दा बढी कलाकारले संघर्ष गरेर ठाउँ पाए तर मनिसाको जस्तो लोकप्रियता अन्य कुनै नायिकाले पाउन सकेन । सुन्दरताका साथै कला कौशलताले पहिचान बनाउन सफल ५० वर्षिया उनी विगत एक दशकदेखि बलिउडबाट अलग जस्तै भएकी छिन् ।

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा उनको जन्म भएको हो । प्रकाश कोइराला र सुष्मा कोइरालाकी छोरी हुन् उनी । बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको डाक्टर बन्ने चाहना थियो । यद्यपी उनी मोडेलिंग गर्दै सुप्रसिद्ध नायिकाको रुपमा हासिल गर्न सफल भईन् ।

सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिल भाषाका चलचित्रहरूमा समेत काम गरिन् । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन् । उनले नेपाली चलचित्र ’फेरी भेटौँला’ (१९८९)मा अभिनय गरेकी थिइन् । मनिषाको पहिलो हिन्दी चलचित्र सौदागर हो ।

सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म खेलेकी उनी ९० को दशकमा निकै चर्चित रहिन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।

विकिपिडियामा उल्लेख भए अनुसार उनले अनवर अनीता, मुम्बई एक्स्प्रेस, ताजमहल , बाबा, कम्पनी, जानी दुश्मन, मोक्ष, ग्रहण, लज्जा, चैम्पियन, बागी, खौफ, हिन्दुस्तान की कसम, मन, लाल बादशाह, कच्चे धागे, कारतूस, जय हिन्द, लावारिस, दिलसे, महाराजा, अचानक, युगपुरुष, सलाखें, दिल दीवाना माने ना, गुप्त, लोहा, दिल के झरोखेमें, सनम, अग्निसाक्षी, मझधार, खामोशी, अकेले हम अकेले तुम फिल्ममा अभिनय गरेकी छिन् । राम शस्त्र, क्रिमिनल, बुम्बई, दुश्मनी, अनोखा अन्दाजÞ, यूँही कभी, संगदिल सनम, धनवान, १९४२ अ लव स्टोरी, इन्सानियत के देवता, यÞलगार, सौदागर लगायतका फिल्महरुमा उनले सशक्त भूमिका निभाएकी छिन् ।

मनिषा कोइरालाले फिल्म मेकिङ्गमा न्युयोर्क युनिभर्सिटीबाट डिप्लोमा गरेकी हुन् । उनले आफ्नो व्यानरमा पैसा वसुल नामको फिल्म बनाएकी थिईन् । उक्त फिल्म अत्यधिक चर्चित र सफल रह्यो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780