अरुण तेश्रो जलविद्युत आयोजनामा कार्यरत टिपर चालकको मृत्यु

विराटनगर, १७ कार्तिक । संखुवासभाको मकालु गाउँपालिका–५ स्थित टिपर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

सोही ठाउँमा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनामा कार्यरत सिमरा जितपुर उप महानगरपालिकाका ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो । ना ८ ख ४९९५ नम्बरको टिपर फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्किदै गर्दा अचानक दुर्घटना भएर रोडदेखि करिव ४ सय मिटर तल अरुण नदिको किनारामा खसेको थियो ।

टिपर चालक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस