विश्वभर थप ६ लाखमा कोरोना संक्रमण, संक्रमितको संख्या ४ करोड ९० लाख नाघ्यो

जनकपुरधाम, २१ कार्तिक । विश्वभर एकै दिन ६ लाखबढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ लाख २ हजार १२४ जनामा संक्रमण थपिएका हुन् । योसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ९० लाख नाघेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ७०७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ३८ हजार ८१५ पुगेको छ ।

अहिलेसम्म कुल संक्रमितमध्ये ३ करोड ४९ लाख ७४ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २७ लाख ९४ हजार ६८८ मध्ये ९० हजार ४५ को अवस्था गम्भीर रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस