विश्वभर ६ लाखबढी कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ करोड ९६ लाखबढी

जनकपुरधाम, २२ कार्तिक । विश्वभर पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ५५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टा ६ लाख २३ हजार २६६ जना संक्रमित भएका छन् । सोही अवधिमा विश्वभर ९ हजार ८२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ४८ हजार ५६६ पुगेको छ ।

संक्रमणपछि उपचार गराइरहेका १ करोड ३१ लाख ५५ हजार १६१ मध्ये ९० हजार ८०८ जनाको अवस्था गम्भीर छ ।

यसैगरी विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५२ लाख ५१ हजार ७२७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस