नेपाल प्रहरीमा ३६० कार्यालय सहयोग पदमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना दरखास्त आह्वान गरेको छ । मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाद्वारा जारी गरिएको सूचनामा खुल्ला प्रतियोगिताबाट समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३६० जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको हो ।

जसमा माली–बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २६१ जना, हजामतर्फ १० जना, सिलाई–बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जना माग गरिएको छ ।

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ ।

नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरुले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

सूचना हेर्नुस्:
nepal-police2077-07-21-Net

Author:



क्याटोगरी छान्‍नुहोस