विहार विधानसभा चुनावः अन्तिम चरणमा मतदान जारी

राजविराज । भारतको विहार विधानसभा चुनाव अन्तर्गत शनिवार अन्तिम चरणको मतदान जारी रहेको छ ।

अन्तिम चरणमा १५ वटा जिल्लामा ७८ विधानसभा क्षेत्रमा मतदाताले आफ्ना प्रतिनिधि चयन गर्न मतदान गरिरहेका छन् ।

७८ पदकालागि १२ सय ४ उम्मेदार चुनावी प्रतिष्पर्दामा छन् । जसमध्ये राजदकोतर्फबाट ४८ जना, बीजेपीकोतर्फबाट ३५ जना, जेडीयूकोतर्फबाट ३७ जना, काँग्रेकोतर्फबाट २५ जना र विकासशील इन्सान पार्टीकोतर्फबाट ५ जना उम्मेदवार छन् ।

आजतकका अनुसार दिउँसो पौने एक बजेसम्म ३४ दशमलव ८२ प्रतिशत मतदान भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस