विहार विधानसभा एग्जिट पोलः कुन दलले कति सिट पाउँछन् ?

जनकपुरधाम । भारतको विहार विधानसभा निर्वाचन शनिवार सकिएको छ । कुल २४३ पदकालागि सम्पन्न भएको निर्वाचनको नतिजा कार्तिक २५ गते आउनेछ ।

यसैबीच नतिजा आउनुअघि नै केही न्यूज च्यानल र रिसर्च एजेन्सीहरुले आ–आफनो एग्जिट पोल देखाइएका छन् । धेरैजसो एग्जिट पोलमा कुनै एक पार्टीको पूर्ण बहुमत देखाएको छैन् ।

एग्जिट पोलअनुसार निर्वाचन नतिजा कडा संघर्ष हुने देखिन्छ । यद्यपी, सो एग्जिट पोलभन्दा फरक नतिजा हुनसक्छ । केही न्यूज च्यानल र रिसर्च एजेन्सीहरुले देखाएको एग्जिट पोल यस्तो छ ।

बहुमत १२२ अनुमान:

‘एबीपी न्यूज–सी’का अनुसार एनडीएलाई १०४–१२८ सिट र महागठबन्धनलाई १०८–१३१ सिट प्राप्त हुनसक्छ । सो एग्जिट पोलले एलजेपी भने १–३ सिटमा समेटिने देखाएको छ ।

‘टाइम्स नाउ–सी’का अनुसार एनडीएले ११६ सिट प्राप्त गर्ने अनुमान गरेको छ । एग्जिट पोलमा महागठबन्धले १२० र एलजेपी १ प्राप्त गर्ने अनुमान लगाइएको छ ।

‘रिपब्लिक–जन’को एग्जिट पोलमा एनडीएले ९१ देखि ११७, महागठबन्धनले ११८ देखि १३८ र एलजेपीले ५ देखि ८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

‘टिभी–९ भारतवर्ष’मा गरिएको अनुमानअनुसार एनडीएले ११० देखि १२०, महागठबन्धले ११५ देखि १२५ र एलजेपीले ३ देखि ५ सिट प्राप्त गर्न सक्छ ।

यद्यपी ‘आजतक–एक्सिस माई इण्डिया’ र ‘टूडेज चाणक्य’को एग्जिट पोलमा महागठबन्धनले सजिलै बहुमत प्राप्त गरिरहेको देखाइएको छ ।

‘आजतक–एक्सिस माई इण्डिया’का अनुसार महागठबन्धनले १३९ देखि १६१ सिट र एनडीएले ६९ देखि ९१ सम्म सिट प्राप्त गर्ने अनुमान छ ।

‘टूडेज चाणक्य’को एग्जिट पोलमा महागठबन्धनले १८० र जेडीयूले मात्र ५५ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । पोलमा थप ११ सिट कम वा बढी हुनसक्ने देखाइएको छ ।

तीन चरणमा भएको विहार विहानसभा निर्वाचनमा ५५ भन्दा प्रतिशतमा मतदान भएको छ । चुनाव अयाोगका अनुसार पहिलो चरणमा ५५ दशमलव ६८, दोश्रो चरणमा ५५ दशमलव ७० र तेश्रो चरणमा ५५ दशमलव २२ प्रतिशत मतदान भएको छ । बीबीसी हिन्दी

Author:



क्याटोगरी छान्‍नुहोस