को हुन् अमेरिकाको नव निर्वाचित राष्ट्रपति बाइडेन ?

 

एजेन्सी । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपतिमा अन्ततः बाइडेन निर्वाचित भएका छन् । उनले अबको चार वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।

उनी को हुन् ? र उनको पृष्ठभूमी के हो ? भने कुरा जनचासोको विषय बन्न पुगेको छ । बाइडेनको पूरा नाम जोसेफ जो बाइडेन हो । बाइडेन हाल उमेर ७७ वर्षको जीवनयात्रामा छन् । उनको जन्म १९४२, नोभेम्बर २० मा भएको हो । बाइडेन सिरैक्यूजÞ यूनिवर्सिटी कलेज अफ ला बाट स्नातक गरेका छन् । स्नातक पुरा गरेपछि एक वर्षमा डेलावेयर बार परीक्षा उतीर्ण गरे । अमेरिकी सीनेटमा रहँदै बाइडेनले न्यायपालिका समिति र विदेशी सम्बन्ध समितिमा सेवा गदै कानून र राष्ट्रीय सुरक्षाको मामिलामा राम्रो अनुभव प्राप्त गरे ।
बाइडेनले अमेरिकी सीनेटमा छ कार्यकाल र उपराष्ट्रपतिको रूपमा दुई कार्यकालसम्म जिम्मेवारी वहन गरेका छन् । बाइडेन नेलिया (निधन) हो । छोरीको नाओमी (निधन) र छोराको नाम बीयू (निधन) र हन्टर हो । उनको दोस्रो पत्नीको जिल जैकब्स हो । बाइडेनको कमाई १५ मिलियन (अनुमानित) रहेको छ ।
जो बाइडेनको जेठी पत्नी नेलिया बेटी नाओमीको १९७२ मा कार दुर्घटनामा परि मृत्यु भएको थियो । छोराको मृत्यु ४६ सालको उमेरमा ब्रेन क्यान्सर भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस