हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलगाी हुँदा सातको मृत्यु, १३ जना घाइते

जनकपुरधाम । हङकङको याउमातेइमा एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । सो रेष्टुरेन्ट नेपालीले सञ्चालन गरेको साउथ चाइना मोनिङले जनाएको छ ।

आगलागीमा अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । आइतबार राति ८ बजेतिर लागेको आगोमा ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जनाइएको छ । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ ।

तस्वीर : एप्पल डेल्ली

Author:



क्याटोगरी छान्‍नुहोस