तिहारको आज अन्तिम दिन भाइटीका, ११ः३७ बजे उत्तम साइत

जनकपुरधाम । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयामा झैं आज भाइटीका मनाईंदै छ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँछन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउँछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतम दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताउँछन् ।

यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

Author:



क्याटोगरी छान्‍नुहोस