देशभर थप १ हजार ४७७ जनामा कोरोना संक्रमण

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार योसहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन् ।

हाल देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन् । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २२१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस