प्रेस काउन्सिलका अध्यक्ष बुढाथोकी समक्ष पत्रकार हकहितबारे छलफल

 

राजविराज, २९ मंसिर । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीसँग साना मिडिया लगानी प्रवद्र्धन समितिका संयोजकसहितको टोलीसँग सञ्चारकर्मीहरुको हक हितबारे छलफल भएको छ ।

कोभिड संक्रमणमा परी मृत्युवरण गरेका पत्रकारहरुको नाममा परिवारजनलाई सम्मान स्वरूप योगदान स्मरण–पत्र दिन संयोजक गोबिन्द चौलागाइँ नेतृत्वको टोलीले आग्रह गरेको छ । कोभिड संक्रमणबाट निधन भएका पत्रकारहरु बनारसी वर्मा (कपिलवस्तु), सिताराम वर्मा (धादिङ), बिष्णु चौलागाईं (काभ्रे), विक्रम शाक्य (काठमाडौ)को मृत्यु भएको छ ।

यसैगरी ६० बर्ष पुगिसकेका अग्रज पत्रकारलाई आर्थिक राहतको न्यानो कार्यक्रम तत्काल ल्याईदिन र कोभिड संक्रमण परेका बिमाको रकम नपाएका र बिमा प्रक्रियामा नगएकाहरुको हकमा पनि आर्थिक सहयोग कार्यक्रम ल्याएर सबैको अभिभावक बन्न काउन्सिलका कार्यवाहक अध्यक्ष बुढाथोकीलाई सुझाव दिएका छन् ।

छलफलका क्रममा आएका सुझावहरुलाई उनले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काउन्सिलसँग सम्वन्धित कुनै सुझावहरु भए सहज रुपमा राख्न सबैमा उनले आग्रह गरेका छन् ।
छलफलमा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस