गूगलका युट्युब, जीमेलसहितका सेवाहरु यस कारण भयो डाउन

राजविराज । विश्वभर गूगलका सेवाहरु सोमवार साँझ झण्डै ४० मिनेटसम्म प्रभावित रह्यो । नेपाली समयअनुसार साँझ करिब ५ बजेर ४१ मिनेटबाट लगइन र एक्सेसमा समस्या भई साँझ ६ बजेर १५ मिनेटमा गएर रि–स्टोर भयो ।

सो अवधिमा गूगलका १९ वटा सेवाहरु प्रभावित रह्यो । गूगलका अनुसार यूट्युबमा ६० सेकेण्डमा ५ सय घण्टासम्मको डाटा अपलोड हुन्छ । यसअनुसार ४० मिनेटसम्मको अवधिमा २० हजार घण्टा डाटा अपलोड हुन सकेन । सो अवधिमा करिब ५० लाख करोड प्रयोगकर्ताले ईमेल पठाउन सकेन ।

एक अनुमानका अनुसार यू–ट्युवलाई करिब ९ दशमलव ४१ करोड घाटा भएको छ । यूट्युव एक मिनेटमा करिब ३२ हजार डलर आम्दानी गर्छ ।

गूगलले जानकारी गरायो डाउन हुने कारण

रिपोर्टका अनुसार इन्टरनल स्टोरेज कोटामा देखिएको समस्याले सेवाहरु प्रभावित भएको गूगलले जानकारी दिए । सो समयमा प्रयोगकर्तालाई आँर्थोटिकेशनको समस्या झेल्नु पर्यो ।

यद्यपी अहिले सामान्य भइसकेको र अब यस्ता समस्या आउन नदिनकालागि अनुसन्धान भइरहेको छ ।

यी १९ वटा सेवाहरु प्रभावित रह्यो

जीमेल, यूट्युब, क्यालेण्डर, ड्राइभ, डाँक्स, शीट्स, स्लाइड्स, ग्रुप्स, हैंगआउट्स, चैट, मीट, वाँल्ट, करन्ट्स, फाँम्र्स, क्लाउड सर्च, किप, टास्क र भोइस ।

यी प्रभावित भएन

गूगल सर्च इन्जिन र म्याप

ब्रिटिसबाट प्रकाशित मिरर अखबारका अनुसार विश्वभर ५४ प्रतिशत प्रयोगकर्ताले यूट्युबलाई एक्सेस गर्न सकेन । यसैगरी ४२ प्रतिशतले भिडिओ हेर्न पाए भने ३ प्रतिशतले लगइन नै गर्न सकेन ।

यसअतिरिक्त जीमेलमा ७५ प्रतिशतले लगइन गर्न सकेन भने १५ प्रतिशतले वेबसाइटलाई नै एक्सेस गर्न सकेन । यसैगरी ८ प्रतिशले म्यासेज नै रिसीभ गर्न पाएन ।

Author:



क्याटोगरी छान्‍नुहोस